पोखराको दोस्रो जीत, लुम्बिनीको विजयी यात्रा समाप्त

काठमाडौं । युवा ओपनिंङ ब्याट्सम्यान आसिफ शेखले शानदार अर्धसतक पूरा गरेपछि पोखरा एभेन्जर्सले नेपाल टी-२० लिगमा लगातार दोस्रो जीत निकालेको छ । शनिबार बिहान भएको खेलमा प्रतियोगिताको अपराजीत टोली लुम्बिनी अल स्टार्सलाई पहिलो हार चखाउँदै पोखराले ९ विकेटको जीत निकालेको हो ।

जीतको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पोखराले १८२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो । पोखराको लागि आसिफ शेखले सर्वाधिक ७७ रन बनाए । उनले ६२ बलमा ९ चौका प्रहार गरे । यस्तै आरिफ शेखले २६ रन बनाउँदा सुमित महर्जनले १३ रन जोडे ।

लुम्बिनीको लागी किशोर महतोले एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको लुम्बिनी १९ .५ ओभरमा अलआउट हुँदै १ सय २७ रनमा समेटियो । लुम्बिनीको लागि हर्मित सिंहले सर्वाधिक ३८ रन बनाए । उनले २१ बलमा ३ छक्का र ३ चौका प्रहार गरे । यस्तै सुनिल धमलाले १५, शाद्ले भान स्चाल्क्वेकले १६ र योगेन्द्र सिंहले १३ रन बनाउँदा ह्यारी टेक्टर र कप्तान दीपेन्द्र सिंह एरीले समान १०-१० रन बनाए ।

पोखराको लागि जाहिर खानले ४ ओभरमा १८ रन दिएर तीन विकेट लिए । यस्तै विपिन खत्रीलेपनि ४ ओभरमा २३ रन दिएर ३ विकेट लिँदा आरिफ शेख, तुल थापा र सिद्धान्त लोहनीले समान एक-एक विकेट लिए ।

जीतका बाबजुत पोखरा ७ खेलबाट ४ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा यथावत रहेको छ भने लुम्बिनीपनि ६ खेलबाट १० अंकको साथ शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *