सुदूरपश्चिममा एमाले दलको नेतामा रावल चयन

धनगढी । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन् । शनिबार बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो ।

रावल कंचनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन् । उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन् ।

यस्तै दलको उपनेतामा सन्तोष थापा शर्मा चयन भएकी छन् । सुदूर पश्चिमका १० जना प्रदेश सभा सदस्यको उपस्थितीमा दलको नेता र उपनेता चयन गरिएको हो ।

एमाले केन्द्रिय सचीव तथा प्रदेश इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्यतामा दलको बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *