नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सको पहिलो जीत

काठमाडौं । नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सले पहिलो जीत निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा फार वेस्ट युनाइटेडलाई ३ विकेटले पराजीत गर्दै पोखराले जारी प्रतियोगितामा पहिलो जीत निकालेको हो ।

जीतको लागि १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले १९.१ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । पोखराको लागि आसिफ शेखले सर्वाधिक ४५ रन बनाए । उनले ३३ बलमा २ छक्का र २ चौका प्रहार गरे । यस्तै कुशल मल्लले २२ बलमा ५ छक्काको सहयोगमा ४ रन बनाउँदा सुमित महर्जनले ३८ रन बनाए । उनले २२ बलमा ५ चौका र २ छक्का हिर्काए । सिद्धान्त लोहनीले २३ र अमिर हाम्जाले १२ रनको योगदान गरे ।

फारवेस्टको लागि करण केसी, उमाइर अली र प्रकाश जैशीले समान दुई-दुई विकेट लिँदा भुवन कार्कीले एक विकेट लिए ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको फार वेस्ट युनाइटेडले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको हो । फारवेस्टको लागि उमाइर अलीले सर्वाधिक ४२ रन बनाए । उनले २६ बलमा ५ छक्का प्रहार गरे । यस्तै देव खनालले ३ र रसिद खानले ३२ रन बनाउँदा हसिम अन्सारी तथा भिम शार्कीले १७-१७ रन बनाए । यस्तै करण केसीले १२ र विनोद भण्डारीले ११ रन बनाए ।

पोखराको लागि जाहिर खानले ४ ओभरमा २४ रन दिएर तीन विकेट लिए । यस्तै अमिर हम्जा र तुल थापाले समान दुई-दुई विकेट लिँदा कुशल मल्ल र आरिफ शेखले एक-एक विकेट लिए ।

जीतसँगै पोखरा ६ खेलबाट २ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको फार वेस्ट २ अंकको साथ छैटौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *