काठमाडौंलाई लुम्बिनीको बलियो लक्ष्य

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत जारी खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौं नाइट्सलाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले काठमाडौंलाई जीतको लागि १ सय ५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५० रन बनाएको हो । लुम्बिनीको लागि कप्तान दीपेन्द्र सिंह एरीले सर्वाधिक ४० रन बनाए । उनले २७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यस्तै लाहिरु मिलन्थाले २५, शाद्ले भान स्चाल्कले २१, कुशल भुर्तेलले १९, अनिल शाहले १३ र हर्मित सिंहले १२ रनको योगदान गरे ।

काठमाडौंको लागि अज्मातुल्लाह ओमारजाइले ४ ओभरमा १२ रन दिएर दुई विकेट लिए । अविनाश बोहोरा, अनिल खरेल, बासिर अहमेद, सुनम गौतम र एलेक्स ब्लाकेको नाममा एक-एक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *