काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फेरी सरेको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट शुरु गर्ने सहमति भएको हो ।
एन्फाले यसअघि पुस २६ बाट लिग शुरु गर्ने जनाएको थियो । तर एन्फाले क्लबहरूलाई लिगको तयारी खर्च नदिएका कारण लिग समयमै हुन सकेको थिएन । फागुनमा हुने लिग डबल राउन्ड रोबिन प्रणालीका आधारमा हुने एन्फाले जनाएको छ ।
एन्फाले क्लबलाई लिगको तयारी खर्च २५ दाख रुपियाँ दिने निर्णय यसअघिनै गरिसकेको छ । यसपटक लिगको विजेतालाई ७५ लाख, उपविजेतालाई ५० लाख र तेस्रो हुनेलाई २५ लाख रुपियाँ पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।