सहारालाई हराउँदै धरान आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । धरान फूटबल क्लब पोखरामा आजबाट शुरु भएको २२ औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० गोलले पराजीत गर्दै धरान क्वाटरफाइनलमा पुगेको हो ।

पोखरा रंगशालामा भएको खेलमा धरानलाई जीत दिलाउन प्रकाश बुढाथोकीले निर्णायक गोल गरे । पहिलो हाफको पाँचौ मिनेटमा प्रकाश बुढाथोकीले फ्रिकिकमा गरेको गोलनै धरानको जीतमा निर्णायक बन्यो ।

अब भोलि हुने खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड एफसी भिड्नेछन् । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ म¥र्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले आठ हजार पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *