काठमाडौं । काठमाडौंमा जारी नेपाल टी-२० लिगमा आजपनि दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा फार वेस्ट युनाइटेड र लुम्बिनी अल स्टार्स भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९ :१५ बजे शुरु हुनेछ ।
लुम्बिनी जारी प्रतियोगिताको एक्लो अपराजीत टोली हो । हाल लुम्बिनी ३ खेलबाट ६ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेल्दै दुई अंक जोडेको फार वेस्ट चौथो स्थानमा रहेको छ ।
यस्तै आजै हुने दोस्रो खेलमा विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स भिड्दैछन् । टियु मैदानमै हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ । दुवै टोलीले जारी प्रतियोगितामा जीत निकाल्न सकेका छैनन् ।
प्रतियोगितामा तीन खेल खेलिसकेको पोखरा अंकतालिकाको पुछारमा छ भने एक खेल कम खेलेको विराटनगर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।