नेपाल टी-२० लिगमा आज दुई खेल

काठमाडौं । नेपाल टी-२० लिगमा आज दुई खेल हुँदैछ । आज हुने लिगको पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अल स्टार्सको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:१५ बजे शुरु हुनेछ ।

दुवै टोली आज जीतको खोजीमा हुनेछन् । लुम्बिनी लिगको दुवै खेलमा जीत निकालेको लुम्बिनी ४ अंकको साथ लिगको शिर्ष स्थानमा रहेको छ भने दुवै खेलमा पराजीत पोखरा अंकविहिन रहँदै लिगको पुछारमा रहेको छ ।

यस्तै आजै हुने दोस्रो खेलमा काठमाडौं नाइट्स र जनकपुर रोयल्स भिड्दैछन् । टियु मैदानमै हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ ।

जनकुपरले लिगको शुरुवाती दुवै खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्सलाई पराजीत गरेको थियो भने काठमाडौंले प्रतियोगिताको उद्धाटन खेलमा पोखरालाई पराजीत गर्दा दोस्रो खेलमा फार वेस्ट युनाइटेडसँग हार बेहोरेको थियो ।

हाल जनकपुर चार अंकको साथ लिगको दोस्रो स्थानमा छ भने दुई अंक जोडेको काठमाडौं तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *