लुम्बिनीद्वारा विराटनगरलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत जारी खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले विराटनगरलाई १ सय ५८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५७ रन बनाएको हो । लुम्बिनीको लागि लाहिरु मिलन्थाले सर्वाधिक ८० रन बनाए । उनले ६३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेलले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह एरीले १६ रन र बिपुल शर्माले ११ रन बनाए ।

विराटनगरको लागि नन्दन यादव, हुसेन टालट, शाहाब अलाम, सिकन्दर राजा र एन्द्रे मकार्थीले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *