पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशको पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परिरहेको बताउँदै महाशाखाले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो रहेको जनाएको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यत: सफा रहनेछ । प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कहाँ–कहाँ छ हिमपातको सम्भावना ?

प्रदेश १ का पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै, तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले आवश्यक सावधानी अपनाउन महाशाखाले आम नागरिकमा अनुरोध समेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *