क्यानडामा गोली चल्दा पाँच जनाको मृत्यु

ओटाबा (क्यानडा) । क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई जानकारी दिएको समाचारहरूमा उल्लेख छ । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *