२७ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्से घटेको दिन दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता शेयर एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर छ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ । आज पिपुल्स हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि इष्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशत र धौलागिरि लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *