तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आइतबार प्रतितोला छ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार चार सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *