सरकारमा सामेल हुने एमालेको प्राथमिकताको विषय होइनः सचिव विष्ट

बुटवल । नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल हुने एमालेको प्राथमिकताको बिषय नभएको बताएका छन् ।

आइतबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै सचिव विष्टले सरकारमा सामेल हुने बिषय एमालेको प्राथमिकतामा नरहेको बताएका हुन् । उनले सरकार गठनको प्रक्रियाबाट भने एमाले नभाग्ने बताए ।

उनले भने,‘लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं तर त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुँदैनौं। जनताको भावनालाई शिरमा राखेर काम गर्छौं।’

उनले एमालेलाई प्रतिपक्षमा बस्ने जनताको म्याण्डेट दिएको भन्दै सचिव विष्टले सत्तामा बस्नका लागि अवान्छित गतिविधि गर्ने पक्षमा नभएको बताए ।

विष्टले एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिएपनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *