विश्वकप फुटबल २०२२ : तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को तेस्रो स्थानका लागि आज शनिबार मोरक्को र क्रोएसिया भिड्दै छन् ।

विश्वकपमा सनसनीपूर्ण नतिजाका साथ सेमिफाइनलमा पुगेको मोरक्को फ्रान्ससँग २–० ले पराजित हुँदै तेस्रो स्थानको प्लेअफ खेल्न बाध्य भएको हो । खलिफा अन्तर्राष्ट्रिय मैदानमा आज क्रोएसिया र मोरक्को तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछन् ।

विश्वकपमा पहिलो अफ्रिकन राष्ट्रका रूपमा मोरक्को अन्तिम चारमा पुगेको थियो भने सेमिफाइनलमा क्रोएसिया अर्जेन्टिनासँग पराजित भएको थियो ।

सन् २०१८ को फाइनलमा उपविजेता भएको क्रोएसिया चार वर्षपछि तेस्रो स्थानका लागि खेल्दै छ । लुका मोड्रिकको कप्तानीमा रहेको क्रोएसिया फाइनलमा नपुगे पनि तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

सन् १९९८ मा पहिलो पटक क्रोएसियाले तेस्रो स्थानको प्ले अफ खेलेको थियो । त्यसबेला क्रोएसिया नेदरल्याण्ड्ससँग २–१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *