सेनाको कारबाहीमा सोमालियामा अल–शबाबका ८८ लडाकूको मृत्यु

सोमालियामा अन्तर्राष्ट्रिय साझेदारको सहयोगमा सुरक्षा बलले अल–शबाबका ८८ लडाकूलाई मारेको एक अधिकारीले बताएका छन् ।

उपसूचनामन्त्री अब्दिरहमान युसुफ अल अदालाले सुरक्षा बलले मध्य शाबेल क्षेत्रको जुहाय गाउँको विशाल जङ्गलमा आक्रमण गरेको र चरमपन्थी समूहहरूले प्रयोग गर्दै आएका हतियार र उपकरणहरू पनि बरामद गरेको बताएका छन् ।

अल अदालाका अनुसार आक्रमणको योजना बनाउन जङ्गलमा समूहबद्ध भएका लडाकूहरूको उपस्थितिबारे पूर्व गुप्तचर सूचनाका साथ यो अभियान सुरु गरिएको थियो ।

सोमालियाको मध्य भागमा हालैका दिनहरूमा सरकारी फौजले अल–शबाबविरुद्ध कैयौँ अभियान चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *