राजनीतिक दलहरू सच्चिन आवश्यक छः उपमहासचिव गुरुङ

लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सच्चिन आश्वयक देखिएको बताएका छन् ।

शुक्रबार बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभालाई सम्बोधन गर्दै उनले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको बताएका हुन् ।

उनले कुनै दल वा स्वार्थको पक्षमा नभई पत्रकारले सत्य र तथ्यका आधारमा काम गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *