काठमाडौं महानगरले आज सेवा प्रवाह नगर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बिहीबार सेवा प्रवाह नगर्ने भएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग र आयोजना र कार्यक्रम र वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द रहने जानकारी दिएको हो । महानगरले बिहीबार २८ औं महानगर दिवस विशेष कार्यक्रमका साथ मनाउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *