नागढुंगा सुरुङमार्ग ७० प्रतिशत बन्यो

काठमाडौं । निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा-सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ७०.२० प्रतिशत पुगेको छ ।

आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, काठमाडौं धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर मध्ये १ हजार ७ सय ११ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

गएको महिना आयोजनाको प्रगति ६७ प्रतिशत थियो । निकासी सुरुङमार्गको २५ सय ५७ मिटर मध्ये १ हजार ९ सय ४८ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

वर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २८ मिटर पूरा भएको छ । आको कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *