एम्बाप्पे गोल्डेनबुटको दाबेदार

काठमाडौं । कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पुरा भइसकेको छन् । प्रतियोगिता अन्त्यतीर आइपुग्दा यसको रोमाञ्चकता झन झन बढ्दै गइरहेको छ । विश्वपकको सेमिफाइनल समिकरण पूरा भएका छन् । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा तीन खेलाडीबीच सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि प्रतिस्पर्धा चलिरहेको छ । हाल ‘गोल्डेन बुट’ दौडमा केलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइ रहेका छन ।

फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन । समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए । एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *