बीमित बिरामीबाट पनि शुल्क लिने तयारी

काठमाडौं । स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ ।

स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक परीक्षणका लागि दबाब दिन थालेको भन्दै बीमितबाट थप १० प्रतिशत उठाउनुपर्ने प्रस्ताव आएको थियो ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक प्रा।डा। दामोदर बसौलाले बीमितले बीमा रकम सक्नलाई अनावश्यक दबाब दिने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि १० प्रतिशत थप शुल्क लिने तयारी भइरहेको बताए ।

बीमितसँग १० प्रतिशत शुल्क लिने गरी कार्यविधि संशोधन गर्न लागिएको जानकारी दिँदै उहाँले ज्येष्ठ नागरिक, अपाङ्ग भएका व्यक्तिले थप शुल्क बुझाउनु नपर्ने बताए।

सरकारले स्वास्थ्य बीमा तिरिदिएका बिरामीलाई पनि थप शुल्क नलाग्ने जानकारी दिँदै उनले अनावश्यक परीक्षणलाई रोक्नका लागि थप शुल्कको व्यवस्था गर्न लागिएको बताए ।

स्वास्थ्य बीमाका लागि सूचीकृत अस्पतालहरूले आफूखुसी पैसा लिने, परीक्षण उपचार तथा औषधिको अभाव देखाउने, बीमित र बोर्डसँग समेत दोहोरो पैसा लिन थालेपछि व्यवस्थित गर्नका लागि यो नियम लागू गर्न लागिएको जानकारी बसौलाले दिए । आजको गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *