आइटीएफ टेनिसमा ताइपेइका चेन हुई र अमेरिकाका पटेलको जोडी च्याम्पियन

पोखरा । पोखरामा आयोजना गरिएको अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटीएफ) जुनियर–५ टेनिस प्रतियोगिता सर्किट–२ तर्फ ‘पुरुष डबल्स’को उपाधि चाइनिज ताइपेइका ताइपेइका चेन हुई हो र अमेरिकाका हानु पटेलको जोडीले जितेको छ ।

नेपाल टेनिस सङ्घको सहयोग तथा कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा ताइपेइका के हाउ हङ र काई एन याङको जोडीलाई ६–४, १–६ र सुपरटाइमा १०–५ ले पराजित गर्दै पटेल जोडी च्याम्यिन बने ।

प्रतियोगिताअन्तर्गत महिला ‘डबल्स’तर्फ भारतका दुर्गान्सी कुमार र काइरा सिद्धार्थ चेत्नानीले उपाधि जिते ।

फाइनल खेलमा नेपालकी रायना शाह र भारतका स्निग्दा कान्तको जोडीलाई ६–२ र ६–० को सहज सेटमा जित निकाल्दै उनीहरूको जोडी च्याम्पियन बनेको हो ।

पुरुष एकलतर्फ भारतका वंश नन्दललाई ६–२, ६–३ ले पराजित गर्दै ताइवानका के हाउ हङले फाइनलमा स्थान बनाएका छन् । अमेरिकाका हानु पटेलले ताइपेइका केइ यन याङलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेका छन् ।

प्रतियोगिताको एकलतर्फका फाइनल खेलसहित शनिबार समापन गरिने कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले जानकारी दिए । यही मङ्सिर १९ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न दस देशका ९९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *