काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसद चयन गर्न भोली शनिबार कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभातर्फ कासमानुपातिक सांसदको नाम टुङ्गो लगाउने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । उक्त बैठकमा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबारे समिक्षा हुने समेत उनले बताए ।
राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा सात र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । त्यस्तै, राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।