लुम्बिनी प्रदेश लोकसेवाले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आयोगका अनुसार खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिन लागिएको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै कर्मचारी माग गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार स्वास्थ्यतर्फ अहेव, अनमी, डार्करुम सहायक, ल्याब असिस्टेन्ट, वैद्यलगायत ठूलो संख्यामा कर्मचारी माग गरिएको छ । त्यस्तै, कृषितर्फ ३ जना पशु स्वास्थ्य प्राविधिकको पनि माग गरिएको छ । इच्छुकले १४ पुससम्म अनलाइनमार्फत आवेदन दिनसक्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *