प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रितः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताएका हुन् ।

उनले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताए । घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए ।

उनले विद्युत प्रशारण, वितरण र सवस्टेशनको विकास नभइ विद्युत खपत बढाउन नसक्ने बताए । उनले प्राधिकरण गुणस्तरीय विद्युत र चाहेजति विद्युत आपूर्ति गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए ।

घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *