मधेस प्रदेशमा गठबन्धन ‘बहुमतविहीन’

काठमाडौं । मधेस प्रदेशमा ‘कुन दलको मुख्यमन्त्री हुने?’ भन्ने चर्चासँगै चासो बढ्दो छ । दुवै गठबन्धन बहुमतविहीन हुँदा प्रदेश सरकार गठनका लागि जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक बनेका छन् ।

उनीहरू जता जान्छन्, सोही गठबन्धनको सरकार बन्ने निश्चित प्रायः देखिन्छ । मधेस प्रदेशमा ६४ प्रत्यक्ष र समानुपातिकबाट ४३ गरी कुल १ सय ७ सांसद छन् । सरकार गठनका लागि ५४ सिट आवश्यक भए पनि कुनै पनि गठबन्धनसँग बहुमत छैन ।

सोही कारण उनीहरू जनमत र स्वतन्त्र सांसदलाई आफ्नो समूहमा ल्याउन कसरत गरिरहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनसँग ४० सिट छ । अर्को नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को गठबन्धन थियो । जनमत पार्टी कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लडेको थियो । यो गठबन्धनसँग ४६ सिट छ ।

सत्तारूढ गठबन्धनको ४६ र प्रतिपक्षी गठबन्धनको ४० सिटमात्रै छ । प्रतिपक्षी गठबन्धनले जनमत पार्टीका साथै स्वतन्त्र सांसद वा १–१ सिट ल्याएको तीन दलका सांसदलाई आफ्नो समूहमा मिलाए सरकार बन्न सक्छ । उता, सत्तारूढ गठबन्धनले जनमत पार्टीलाई मात्रै मिलाउन सक्यो भने सरकार बन्न बहुमत पुग्छ ।

सत्तारूढ गठबन्धनले स्वतन्त्र वा १–१ सिट ल्याएको तीन दलका सांसदलाई नल्याउँदासमेत उसको सरकार बन्न बहुमत पुग्छ । आजको राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *