चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक लगाउन बारको धर्ना

काठमाडौं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्ना सुरु गरेको छ ।

जबरालाई रोक्न बारका पदाधिकारीसहित कानुन व्यवसायी सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायालयको रक्षाका लागि गेटमा धर्नामा बसेको बताए ।

आजै बारको आकस्मिक बैठक बसेर जबराविरुद्ध आन्दोलनका पुरानै कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *