निर्वाचन आयोगले आज समानुपातिको सिट बाँडफाँट गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको सिट बाँडफाँट आज गर्ने भएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएकाले बुधबार सिट बाँडफाँट गर्ने तयारी भइरहेको आयोग स्रोतले बताएको हो ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । जसमा नेकपा (एमाले)ले सबै भन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरे गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत प्राप्त गरेको छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेका छन् । आयोगले सदर मत अनुसार थ्रेसहोल्ड कटाएका कुन-कुन दलले कति-कति सिट प्राप्त गर्छन् भन्ने कबारेमा घोषणा गर्ने छ । समानुपातिकतर्फ एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट पाउने सम्भावना रहेको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेमकिपाले भने थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फको सिट पाउने छैनन् । आयोगले सिट घोषणा गरेपछि दलहरुले बन्द सूचीमा समावेश भएका नामबाट समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार सांसद तोक्ने छन् ।

दलहरुले तोकेका नामहरु समावेशी सिद्धान्त अनुसार भए नभएको रुजु गरेपछि आयोगले निर्वाचनको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *