सत्ता गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति !

काठमाडौं। सत्तारूढ गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति यसअघि नै भइसकेको भए पनि पहिलो कार्यकाल को प्रधानमन्त्री बन्नेमा तीव्र विवाद देखिएको छ। निर्वाचनअघि नै सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो ।

नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारको नेतृत्व (प्रधानमन्त्री) साढे दुई-दुई वर्ष पाउने गरी सहमति गरेका थिए ।

प्रधानमन्त्री आलोपालो गर्ने सहमति भए पनि पहिले प्रधानमन्त्री को हुने भन्नेमा दुवै पार्टीबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काबीचमा साढे दुई–दुई वर्ष सरकारको नेतृत्व गर्ने सहमति भइसकेको स्रोतको दाबी छ । तर, दुवै नेताले पहिला आफैं प्रधानमन्त्री हुनपाउनुपर्ने अडान राख्न थालेपछि समस्या भएको बताइएको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशको सभामुख र उपसभामुुुखसहितका मुख्य पदमा भागबन्डा गरेर अगाडि बढ्नेमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहमत छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आन्तरिक समीक्षा एवं सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेका राजनीतिक दलका नेताले निर्वाचनको परिणाम पूर्ण रूपमा आइसकेपछि सरकार प्रमुख पदमा भागबन्डा गरेर टुंगो लगाउने सहमति गरेको स्रोतको दाबी छ । आजको राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *