USAID

सीमामा एकपक्षीय रुपमा संरचना बनाउन मिल्दैन, रोक्नुपर्छः विदेश विभाग प्रमुख भट्टराई

काठमाडौं । नेकपा एमालेले महाकाली नदीमा भारतले एकलौटी रुपमा अगाडि बढाएको काम रोक्न माग गरेको छ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले सामाजिक संजालमार्फत नदीको धार नै परिवर्तन हुने गरी भइरहेको संरचना निर्माणको काम रोक्न माग गरेका हुन् ।

उनले सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन नमिल्ने बताएका छन् ।

उनले भनेका छन्, ‘महाकाली नदी सीमा नदी हो । सिमानामा बनाउने संरचनाले अर्कातिर असर गर्छ भने एकपक्षीय रुपमा बनाउन मिल्दैन । नदीको धार नै परिवर्तन हुनेगरि महाकालीमा जे भइरहेको छ यो तत्काल रोकी यस मामलामा द्विपक्षीय वार्ता गरि सहमति खोजीयोस् । यो मामला संघीय सरकारको भएकोले केन्द्रबाट नै पहल हुनुपर्छ।’

नदीको धार परिवर्तन हुने भारतले संरचना गरेको भन्दै दार्चुलामा नेपाली पक्षले विरोध गरेपछि आइतबार दोहोरो ढुंगा हानाहान भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *