काठमाडौं। सङ्घीय संसद् सचिवालयले सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद् चलाउनका लागि विसं २०६५ देखि भाडामा लिएको छ ।
भाडाका लागि वार्षिक रु १६ करोड ५० लाखको सम्झौता भएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । सम्मेलन केन्द्रको केही भाग नेपाल कानून आयोग र लगानी बोर्डको सचिवालयले लिएको छ । त्यो भाग कटाएर संसद् सचिवालयले वार्षिक रु १४ करोड ९८ लाख भाडा तिर्ने गरेको छ ।
संविधानसभा निर्वाचनपछि सम्मेलन केन्द्र भाडामा लिइएको थियो । विसं २०६३ वैशाख ११ गते पुनस्र्थापित संसद् भने सिंहदरबारकै प्रतिनिधिसभा भवनमा सञ्चालन भएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सिंहदरबारस्थित प्रतिनिधिसभा भवन क्षतिग्रस्त भएपछि सम्मेलन केन्द्रमै संसद् सञ्चालन हुँदै आएको छ ।