एक वर्षमा डेढ सय मिटर ट्रयाक

जाजरकोट, मंसिर २०। छेडा-थलह-सानाखोला-चाँदे-जुम्ला सडक पश्चिम जाजरकोट लाइफलाइन अर्थात् महत्वपूर्ण आयोजना हो ।

यो सडक खण्ड हरेक निर्वाचनमा दलहरूको चुनावी मुद्दा बन्छ । ‘तपाई भोट दिनोस् म सडक बनाउँछु’ भन्दै उम्मेदवारले भोट माग्छन् । यो सडक निर्माण तथा स्तरोन्नति भए पश्चिम जाजरकोटमा पर्ने जुनीचाँदे गाउँपालिका, छेडागाडा नगरपालिका र कुशे गाउँपालिकाका नागरिक आउजाउमा सहज हुन्छ ।

यो सडक छेडादेखि जुम्ला जोड्ने सबैभन्दा छोटो मार्ग पनि हो । तर वर्षौ बित्दा पनि यो सडक खण्डको ३० किलोमिटर ट्रयाक खोल्न अझै बाँकी छ ।

यो सडक निर्माणको ठेक्का अमर सिस्ने जेभीले लिएको हो । यो कम्पनीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर निर्माण गर्ने ठेक्का पाएको छ । ५ वर्षभित्र ३० किलोमिटर सडक निर्माण गरिसक्ने जिम्मा लिएको ठेकेदार कम्पनीले वर्षदिनमा १ सय ५० मिटरमात्रै ट्रयाक खनेको छ । कम्पनीले मोबिलाइजेन रकम लिएपछि काम सुरू गरेको देखाउनमात्र यो ट्रयाक खोलेको हो । आजको कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *