दोलखामा सिवाकोटीले लिए पुनः अग्रता

काठमाडौं। दोलखामा जारी मतणगना अनुसार नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवार शिवाकोटीले ३३ हजार ९३९ मत पाएका छन भने उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३५५० मत पाएका छन् । राप्रपाका विजय खड्काले १४९३ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *