प्रतिनिधिसभामा अब १२ दल

काठमाडौं। ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत संसद्मा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदै छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी,) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीको प्रतिनिधिसभामा प्रतिनिधित्व हुने भएको हो ।

यस्तै, पाँच जना स्वतन्त्र सांसद पनि प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ प्राप्त १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसले सबैभन्दा बढी ५७ क्षेत्रमा जित निकालेको छ ।

कांग्रेसले समानुपातिकतर्फ १ सय १० सिटमध्ये ३२ सिट पाउने देखिन्छ । दुवै प्रणालीतर्फ गरी कांग्रेसको प्रतिनिधिसभामा ८९ सिट हुनेछ । यसैगरी, नेकपा एमाले संसद्मा दोस्रो हैसियतमा रहने पक्कापक्की छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *