माया हत्याका आरोपित सशस्त्रका जवान कञ्चनपुरबाट पक्राउ

धनगढी । बैतडीमा घाँटी रेटेर हत्या गरिएकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बैतडीकै शिवनाथ गाउँपालिका–४ का उनी महेन्द्रनगरबाट पक्राउ परेका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेका जानकारी दिए ।

आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको र अब बैतडी प्रहरीलाई बुझाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।

मृतकका आफन्तले सशस्त्र प्रहरी जवान कोलीको नाममा किटानी जाहेरी दिएका थिए। फरार रहेका उनको प्रहरीले खोजी गरिरहेको थियो। २२ वर्षीय कोली हुलदंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *