विश्वकप फूटबल : नकआउट चरणको समीकरण पूरा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप-२०२२ को नकआउट चरणको समीकरण पूरा भएको छ । शुक्रबार राति समूहचरणको अम्तिम चार खेल सम्पन्न भएसँगै विश्वकपको नकआउट चरण पुग्ने १६ टोलीको टुंगो लागेको हो ।

फिफाले विभाजन गरेको ८ समूहबाट शीर्ष दुई टोली नकआउट चरणमा पुगेका हुन् । समूह ‘ए’बाट नेदरल्याण्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । यस्तै समूह ‘बीबाट इंग्ल्याण्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता समूह ‘डी’बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता, समूह ‘ई’बाट जापान विजेता र स्पेन उपविजेत, समूह ‘एफ’बाट मोरोक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’बाट ब्राजिल विजेता र  स्विट्जरल्यान्ड उपविजेता र समूह ‘एच’बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

समूहचरणबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, अमेरिका, क्रोएसिया र मोरोक्को अपराजीत रहँदै नकआउट चरणमा पुगेका हुन् । चारपटकको च्याम्पियन जर्मनी लगातार दोस्रो पटक समूहचरणबाटै घर फर्किंदा आयोजक कतार, बेल्जियम र उरुग्वे अन्तिम १६ मा पुग्न सकेनन् ।

अन्तिम १६ मा कुन-कुन टोली भिड्दैछन् ?

अन्तिम १६ अन्तर्गतका खेलहरु आजबाट शुरु हुँदैछन् । १६ टोली क्वाटरफाइनल प्रवेशको लागि भिड्नेछन् । १६ टोलीबाट जीत निकाल्ने आठ टोली अन्तिम ८ मा प्रवेश गर्नेछन् भने पराजीत हुने टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।

डिसेम्बर ३ : नेदरल्याण्ड्स विरुद्ध अमेरिका (बेलुकी ८:४५ बजे)

डिसेम्बर ३ :  अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे)

डिसेम्बर ४ : सेनेगेल विरुद्ध क्यामरुन (बेलुकी ८:४५ बजे)

डिसेम्बर ४ : फ्रान्स विरुद्ध पोल्याण्ड (राति १२:४५ बजे)

डिसेम्बर ५ : जापान विरुद्ध क्रोएसिया (बेलुकी ८:४५ बजे)

डिसेम्बर ५ : ब्राजिल विरुद्ध दक्षिण कोरिया (राति १२:४५ बजे)

डिसेम्बर ६ : मोरोक्को विरुद्ध स्पेन (बेलुकी ८:४५ बजे)

डिसेम्बर ६ : पोर्चुगल विरुद्ध स्विट्जरल्यान्ड (राति १२:४५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *