काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २६ लाख ४८ हजार मत पाएको छ ।
यस्तै नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ ।
निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताइएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । अहिलेसम्म १ करोड ३ लाख ८२ हजार सदर मत गणना गरिएको छ ।