सुनसरी-४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

इटहरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले ३० हजार ४ सय ८३ मत ल्याए भने एमाले उम्मेदवार कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।

मतगणनामा धाँधली भएको भन्दै कार्कीले पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी गरेका थिए । जसका कारण तीन दिनसम्म मतगणना स्थगित भएको थियो । तर पछि आयोगले जहाँ रोकिएको थियो, त्यहीँबाट मतगणना सुरु गर्न निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *