सुकुम्बासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न प्रहरीलाई महानगरको पत्राचार

काठमाडौं । बागमती किनारको सुकुम्बासी बस्ती हटाउन खोज्दा आक्रमण गर्नेलाई पक्राउ गरी कारबाही गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ ।

महानगरपालिकाले काठमाडौं प्रहरी परिसरलाई गरेको पत्राचारमा कारबाही गरिनुपर्ने व्यक्तिहरुको नामसमेत उल्लेख गरेको छ । सोमबार बस्ती हटाउन पुगेको महानगरपालिकाको टोलीमाथि स्थानीयले हतियारसहित आक्रमण गरेका थिए ।

महानगरले राजु तामाङ, दीपकजंग कुँवर, हुकुम लामा र नारायण परिश्रमीले खुकुरीलगायत हतियारसहित आक्रमणमा उत्रिएको र उनीहरुको आक्रमण प्रहरी समेत घाइते भएकाले तत्काल पक्राउ गरेर कारबाही गर्न पत्राचार गरेको हो ।

बस्ती हटाउने क्रममा प्रहरी जवान शर्मिला बोगटीलाई बन्धक बनाएर आक्रमण गरिएको नगर प्रहरी राजुपाण्डेसहित १८ जनालाई हतियारले आक्रमण गरेर घाइते बनाएकाले कारबाही गर्न माग गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा गृह मन्त्रालय समेतलाई बोधार्थ दिएर पत्र लेखिएको छ । उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिताको दफा ८५, १९६ र २१२ अनुसार कारबाही गर्न माग गरिएको छ ।

बस्ती हटाउने समय दिँदा समेत नहटाएपछि महनगरपालिको प्रहरी टोलीसहित सोमबार थापाथलीस्थित सकुम्बासी बस्ती पुगेको थियो। त्यसक्रममा उनीहरुले खुकुरीसहित घरेलु हतियार लिएर आक्रमणमा उत्रिएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *