काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा विजयी भएसँगै आफू अर्को चुनावको तयारीमा रहेको बताए ।
शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात् पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाई छ । त्यस्तै महामन्त्री थापाले पाँचबर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानून निर्माणको थालनी गर्नुपर्ने पनि बताए ।
कहिलेकाही मन्त्रिपरिषदमा महिला सहभागिता शून्य हुने अवस्थालाई पनि अव अन्त्य गर्नुपर्ने उनले बताए । त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने बताए ।