सुनसरी-३ मा गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी निर्वाचित

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् । नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै चौधरी निर्वाचित भएकी हुन् ।

उनले ४० हजार ७८८ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी गच्छदारले ३५ हजार ६०० मत पाएका छन् । २०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् ।

चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा ३६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३२१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।

उनको पहिलो संसदीय निर्वाचनको जितसँगै सुनसरीबाट प्रत्यक्ष प्रतिनिधिसभा जित्ने एक्ली थारु महिला बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *