पाकिस्तानका नयाँ सेनापतिले सम्हाले कमाण्ड

लेफ्टिनेन्ट जनरल असिम मुनीरले पाकिस्तानको १७ औँ सेना प्रमुखको रुपमा कमाण्ड सम्हालेका छन् । सेना प्रमुख जनरल कमर जावेद बाजवाको बिदाईसँगै उनले मंगलबार कमाण्ड सम्हालेका हुन् ।

देशको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा आफ्नो छ वर्षको कार्यकालको अन्त्य गर्दै जनरल बाजवाले रावलपिण्डीमा आयोजित एक समारोहमा लेफ्टिनेन्ट जनरल मुनीरलाई कमाण्डको प्रतीकका रुपमा रहेको डण्डा हस्तान्तरण गरेका दैनिक अखबार डनले जनाएको छ ।

बाजवाले करिब छ वर्षको विस्तारित कार्यकाल पूरा हुनुभन्दा केहीअघि जनरल मुनीर र जनरल साहिर शमशाद मिर्जासहित छ जनालाई संभावित भावी प्रधानसेनापतिका रुपमा चित्रित गरिएको थियो ।

जनरल मुनीरको नियुक्तिसँगै नयाँ सेना प्रमुखको नियुक्तिलाई लिएर फैलिएका अफवाह, अनिश्चितता र अनुमानको पटाक्षेप भएको छ ।

पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खान, उनका अनुयायी र उनको सामाजिक सञ्जालका समर्थकले गत वैशाखमा अप्रिलमा पीटीआई सरकारलाई इस्लामाबादको पावर कोरिडोरबाट बाहिर निकालेपछि पाकिस्तानी जनतामा अभूतपूर्व उन्माद छाएको थियो ।

सरकारले खानलाई राजनीतिक लाभका लागि नयाँ सेना प्रमुखको नियुक्तिलाई विवादास्पद बनाएको आरोप लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *