इजरायलले गरेको नाकाबन्दीका कारण गाजा क्षेत्रमा खाद्य सङ्कट परेको छ । गाजा क्षेत्रका कम्तीमा पनि ५७ प्रतिशत जनसङ्ख्यालाई खाद्य असुरक्षा हुन पुगेको बताइएको छ । सो क्षेत्रमा इजरायलले करिब १६ वर्ष अघिदेखि नाकाबन्दी गरेको छ ।
जसका कारण गाजा क्षेत्रमा दिन प्रतिदिन खाद्यान्नको अभाव भएको र अहिले आएर यहाँका करिब ५७ प्रतिशत मानिसलाई खाद्यान्न अभाव हुन पुगेको पाइएको बताइएको छ ।
गाजाको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी एक परिषदले जनाएअनुसार सो क्षेत्रमा लामो समयसम्म जारी रहेको नाकाबन्दीका कारण यहाँको जनसङ्ख्या गरिबीतर्फ पनि धकेलिएको छ ।
परिषदको प्रतिवेदनमा यहाँका करिब ६४ प्रतिशत नागरिक यही नाकाबन्दीका कारण नै गरिबीको रेखामा पुगेका बताइएको छ ।
गाजा क्षेत्रमा करिब २० लाख प्यालेस्टिनीहरुको बसोबास रहेको छ । यहाँका नागरिकलाई इजरायलले सन् २००७ देखि नै नाकाबन्दी गर्दै आएको छ ।