जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।
महासेठले ३२ हजार २३६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी यादवले ३२ हजार ११२ मत पाएका छन् । मतगणनाको क्रममा अत्यन्त कडा प्रतिस्पर्धा देखिएपनि अन्ततः कांग्रेस सहमहामन्त्री यादवलाई पराजित गर्दै महासेठले जीत निकालेका हुन् ।
महासेठले २०७४को निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट जीत निकालेका थिए। योसँगै नेकपा एमालेले मधेश प्रदेशमा सबैभन्दा बढी ९ वटा प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको हो।