एजेन्सी । फिफा विश्वकप-२०२२ अन्तर्गत आज हुने समूह ‘एफ’को खेलमा पोर्चुगल र उरुग्वे भिड्दै छन् । लुसाइल आइकोनिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति १२ :४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा पोर्चुगल बदला लिने लक्ष्य सहित मैदान उत्रिनेछ । चार वर्ष अगाडि रसियामा भएको विश्वकपमा उरुग्वेसँग २-१ गोलले पराजीत हुँदै अन्तिम १६ बाटै बाहिरिएको पोर्चुगल यसपटक बदला लिंदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गर्न चाहन्छ । पहिलो खेलमा घानालाई ३-२ गोलले पराजीत गर्दै शानदार शुरुवात गरको पोर्चुगल आजको खेलमा उरुग्वेलाई हराउन सकेको खण्डमा एक खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गर्नेछ । सन् २००६ देखि पोर्चुगलले अन्तिम १६ पार गर्न सकेको छैन ।
यता पहिलो खेलमा उरुग्वेले दक्षिण कोरियासँग गोलरहित बराबरी खेल्दै अंक बाढेको थियो । आजको खेलमा हार या जीतको नतिजाले उरुग्वेलाई खासै फरक नपर्ने भएपनि आजको खेलमा जीत निकाल्दै अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाउन चाहन्छ । उरुग्वेले डिसेम्बर २ मा घानाको सामना गर्नेछ । दुईपटकको विश्वकप विजेता उरुग्वे पछिल्लो तीन विश्वकपमा सुखद प्रदर्शन गरेको छ । सन् २०१० मा चौथो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको उरुग्वे २०१६ मा अन्तिम १६ र २०१८ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।