स्पेन र जर्मनीको रोमान्चक बराबरी

एजेन्सी । फिफा विश्वकप-२०२२ मा दुई युरोपेली महारथी स्पेन र जर्मनीले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

अल बायत स्टेडियममा भएको खेलमा स्पेनको लागि अल्भारो मोराटा र जर्मनीको लागि निक्लास फुल्क्रुगले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा जोर्डी अल्बाको पासमा मोराटाले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा मुसिएलाको पासमा फुल्क्रुगले गोल गर्दै जर्मनीको हार टारे ।

बराबरीसँगै जर्मनी अझैपनि प्रतियोगितामा जीवित रहेको छ । हाल स्पेन २ खेलबाट ४ अंकको साथ समूह ‘ई’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट एक अंक जोडेको जर्मनी पुछारमा छ । अब हुने समूहचरणको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकालाई पराजीत गरेको खण्डमा दुवै टोली नकआउट चरणमा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *