३६ सिट जितेको माओवादी पाँच वर्षमा १८ सिटमा सीमित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झडका व्यहोरेको छ ।

पाँच वर्ष अघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८ सिटमा खुम्चिएको छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा निल बनेको छ ।  सुदूरपश्चिमका १६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये माओवादीले चार सिटमा उम्मेदवारी दिए पनि कुनै क्षेत्रमा जित्न सकेन ।

कैलाली-२ मा भगत बडुवाल, ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर-१ मा विना मगर र बैतडीमा नरेन्द्र कुँवर पराजित भएका हुन् । माओवादीले ०७४ को चुनावमा सुदूरपश्चिमबाट तीन सिट जितेको थियो ।

मा उम्मेदवारी दिए पनि हालसम्म १६ सिटमा विजयी हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *