प्रचण्डकी बुहारीको संसदीय यात्रामा तारा बने बाधक

कञ्चनपुर । कञ्चनपुर-१ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी बुहारी बिना मगर पराजित भएकी छन्। उनी नेकपा (एमाले)का तारा लामा तामाङसँग पराजित भएका हुन्।

तामाङ उनलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन्। तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन्। अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *