हामी हार्न तयार हुन्छौं तर कदापि हार खादैनौँ : महेश बस्नेत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित एमाले नेता महेश बस्नेतले आफूहरू हार्न तयार हुने तर हार नखाने बताएका छन्।

उनले भक्तपुर–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता दुर्लभ थापासँग हारेपछि सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्।

आफूलाई मत दिने मतदाता तथा सहयोगीहरूप्रति आभार प्रकट गर्दै बस्नेतले फेसबुकमा लेखेका छन्, ‘हामी हार्न तयार हुन्छौं तर कदापि हार खादैनौँ।’

उक्त क्षेत्रमा निर्वाचित दुर्लभ थापालाई बधाई तथा सफलताको शुभकामनासमेत दिदै उनले अगाडी लेखेका छन, ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष र अभ्यास हो’, बस्नेतले लेखेका छन्, ‘विजय र पराजय स्वाभाविक पक्ष हुन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *