भक्तपुर-१ मा प्रेम सुवाल ३० हजार मतान्तरले विजयी

काठमाडौं। भक्तपुर-१ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन्।

केहीबेर अघि सकिएको मतगणनामा सुवालले झण्डै ४२ हजार मत प्राप्त गरेको भक्तपुर १ का मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोताले जानकारी दिए।

अबको आधा घण्टाभित्र औपचारिक घोषणा गरिने बास्तोलाको भनाइ छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले १२ हजार मत प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *